यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेक लाइसेन्स नछाप्ने

भाद्र २२, २०८१ | काठमाडौं

यातायात व्यवस्था विभागले अति आवश्यक बाहेक सवारी चालक अनुमति पत्र लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसक्ने जनाएसँगै सेवाग्राही समस्यामा परेका छन् । 

विभागको यो निर्णयसँगै अब ट्रायल पास गरेकाहरूले स्मार्ट कार्ड लाइसेन्स पाउने वा नपाउने निश्चित भएको छैन ।

विभागले मेसिनको सफ्टवेयर बिग्रेको र लाइसेन्स छाप्ने अधिकार प्रदेश सरकारको भएको कानुनी व्यवस्था अघि सार्दै स्मार्ट कार्ड नछाप्ने निर्णय गरेको हो । संघीय सरकारले खरिद गरेको ९ लाख स्मार्ट कार्ड प्रिन्ट गर्न सक्ने अवस्थामा मौज्दात छ । सरकारले करोडौं मूल्यमा खरिद गरेको कार्ड छाप्ने मेसिन पनि छ ।

अहिले मुलुकभर १७ लाख  बढी नागरिक सवारी ट्रायल पास गरेको रसिद बोकेर स्मार्ट लाइसेन्स कार्डको प्रतीक्षामा छन् । सातै प्रदेशका ४३ स्थानबाट दैनिक ५ देखि ६ हजारले ट्रायल पास गरिरहेका छन् ।

यातायात विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले मेसिनको सफ्टवेयरले काम गर्न छाडेको र स्मार्ट कार्ड छाप्ने प्रदेश सरकारको एकल अधिकार भएकाले यस्तो निर्णय गरेको बताउनुभयो ।  


प्रतिक्रिया