बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न

भाद्र २२, २०८१ | काठमाडौं

चाडपर्वको मौसममा बजार अनुगमन प्रभावकारी बन्न नसक्दा उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न उठेको छ । खासगरी खाद्यवस्तुको गुणस्तर एवं स्वच्छता, म्याद लगायत विषयमा उपभोक्ता सचेत नहुने र व्यवसायीबाट ठगिने प्रवृत्ति पनि नरोकिएको विषयमा संसदीय समितिमा पनि पटक पटक आवाज उठिरहेको छ ।

पछिल्लो ३ सातामा अखाद्य र म्याद गुज्रिएका वस्तुहरुको विक्री गर्ने उपत्यकाका १ सय ७८ जना उद्योगी व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही एवं सचेत गराएको छ । उनिहरुलाई न्यूनमत ५ देखि अधिकतम २० हजार रपैयाँसम्म जरिवाना गराईएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनमा उल्लेखित प्रावधानमा रहेका कमजोरी जरिवाना रकम कम एवं, जनशक्ति व्यवस्थापन लगायत कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन् । यसैबीच, नेपाल बोटल वाटर संघले पानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न विक्रेताहरूलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै चाडबाडको समयमा उपभोक्तालाई निर्धारित मूल्यभन्दा बढी रकममा बिक्री नगर्न भनेको हो । पानीको गुणस्तर र मूल्यमा उपभोक्ता तथा सरोकारवाला निकाय पनि सचेत हुनुपर्ने विषयमा संघको जोड छ ।      


प्रतिक्रिया