गण्डकी प्रदेश सभा बैठक भदौ २६ गते बस्ने

भाद्र २२, २०८१ | काठमाडौं

सरकार फेरबदलका कारण प्रभावित बनेको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ मा बस्ने भएको छ ।

गत असार १८ मा बसेको प्रदेश सभाको बैठक दुई महिनापछि बस्न लागेको हो । असार अन्तिममा बसेको बैठकले गण्डकी सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो ।

सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्रवान गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी दुई वटा विधेयक छलफलमा छन् ।

सरकारले केही दिनअघि मात्रै साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । 


प्रतिक्रिया