नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

भाद्र २२, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताउनुभएको छ ।

पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा केही समस्या रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (ईपिजी) गठन गरिएको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको भन्दै प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया