रौतहटमा डुबेर र करेन्ट लागेर ३ जनाको मृत्यु

आश्विन १३, २०८१ | काठमाडौं

रौतहटमा डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि बागमती नदीमा आएको बाढीमा डुबेर दुर्गाभगवती गाउँउपालिका ४ का ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको हो ।

मुखीया बाढीमा माछा मार्ने क्रममा चिप्लिएर डुबेका थिए । यस्तै परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया आशा कुमारी साहको पनि डुबेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बौधिमाई २ का १४ वर्षीय बालक रामबाबु महतोको भने करेन्ट लागेर मृत्यु भएको छ ।

महतोलाई विद्युतीय मोटर जडान गरिएको धाराको पानी खाने क्रममा करेन्ट लागेको थियो । अविरल वर्षापछि रोतहटस्थित बागमती र लालबकैया नदिमा बाढी आएको छ भने सदरमुकाम गौर लगायतका क्षेत्रमा झण्डै २ सय घर डुबानमा पारेका छन् ।   


प्रतिक्रिया