केआइआइटीमा अध्ययनरत १ सय २६ स्वदेश फर्किए

फाल्गुन ७, २०८१

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरु वीरगन्ज नाका हुँदै स्वदेश फर्किन थालेका छन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार, आज साँझ साढे ५ बजे सम्म वीरगन्ज नाका हुँदै १ सय २६ नेपाली विद्यार्थी फर्किएका छन् । जसमा १ सय ३ छात्र र बाँकी छात्रा छन् । 

फर्किएका अधिकांश भारतको कोलकाता हुँदै रक्सौल सम्म आइ पुगेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । फर्किएका मध्ये करीब ८० प्रतिशत विद्यार्थीहरु पर्सा र बाँकी बारा, रौतहट, धनुषा लगायतका जिल्लाका रहेको हाम्रा सहकर्मीले जनाएका छन् । घर फर्किएका धेरै जसो विद्यार्थीले आत्महत्या गरेकी नेपाली विद्यार्थी प्रकृति लम्सालले न्याय पाउनु पर्ने माग गरेका छन् । 


प्रतिक्रिया