तातोपानी नाकाबाट २५ लाख रुपैयाँ बराबरको भेप र मोबाइल बरामद

चैत्र ७, २०८१ | काठमाडौं

चीनको तातोपानी नाकाबाट काठमाडौं आउँदै गरेका दुई मालवाहक ट्रकबाट लाखौं रुपैयाँ मूल्य पर्ने विद्युतीय चुरोट भेप र मोबाइल फोन बरामद भएको छ ।

प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे र लामोसाँघुमा गरी २५ लाख रुपैयाँ बराबरको भेप तथा मोबाइल बरामद गरेको हो । नियमित जाँचका क्रममा सिटमुनी लुकाइएका साना र ठूला आकारका भेपसहित अन्य सामग्री फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरी काठमाडौं आइरहेका दुई कन्टेरबाट ती सामाग्री बरामद भएका हुन् । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको पाण्डेले बताउनुभयो ।    


प्रतिक्रिया