तीनकुने घटनाको जिम्मेवार सरकार होः राजेन्द्र लिङ्देन

चैत्र १६, २०८१ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिजो राजतन्त्र पक्षधरले गरेको आन्दोलनमा भएका घटनाहरुको निष्पक्ष छानबिनको माग गरेको छ ।

पार्टी कार्यसम्पादन समितिको बैठकमा राप्रपाले सम्पूर्ण घटनाको जिम्मेवार सरकारको भएको समेत निष्कर्ष निकालेको छ । त्यस्तै, घटना छानबिनका लागि स्वतन्त्र न्यायीक आयोग बन्नुपर्ने राप्रपाको माग छ । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा भड्किनुको कारण खोजी हुनुपर्ने बताउनुभयो ।

राप्रपाले पार्टीका नेता रवीन्द्र मिश्र, धवलशमेशर राणाको रिहाईको मागसमेत गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरुको बिनासर्त २४ घण्टाभित्र रिहाईको माग लिङ्देनले गर्नुभयो । उहाँले नेताहरुको रिहाई नगरिए राप्रपा देशभर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

त्यस्तै, अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती समेत दिनुभयो । 


प्रतिक्रिया