जरिवानाको पत्रसहित निर्मल निवास पुगेको काठमाडौं महानगरको टोली फिर्ता

चैत्र १७, २०८१ | काठमाडौं
जरिवानाको पत्र बोकेर गएको काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासले फर्काइदिएको छ ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानासहितको पत्र निर्मल निवासले नबुझेपछि महानगरको टोली फर्किएको हो । महानगरले पूर्व राजा शाहको उक्साहटमा आन्दोलन भएको जिकिर गर्दैै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो ।
सोही पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई निर्मल निवासका सुरक्षाकर्मीले फिर्ता पठाएका हुन् । महानगरले अब हुलाकमार्फत् निर्मल निवासमा सो पत्र पठाउने भएको छ ।