शुक्रबारको लुटपाट र तोडफोडमा संलग्न व्यक्तिबारे जानकारी दिन प्रहरीको आग्रह

चैत्र १७, २०८१ | काठमाडौं
गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा राजतन्त्र पक्षधहरुले गरेको प्रदर्शनका क्रममा भएको क्षतिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
रष्ट्रिय प्रजातन्त्र पार्टी र केही राजतन्त्र पक्षधरहरुको समूहले तीनकुने, कोटेश्वर, सिनामङ्गल, जडिबुटी लगायतका क्षेत्रमा शुक्रबार गरेको प्रदर्शनपछि भएको क्षतिबारे दोषीलाई कारबाही गर्न भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले आज एक सूचना जारी गर्दै सो क्षेत्रमा रहेका निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, व्यापारिक केन्द्र तथा राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुबारे सार्वसाधारणसँग भएको तथ्यपरक प्रमाण र सूचनाहरु उपलब्ध गराईदिन आग्रह गरेको छ ।
विवरण उपलब्ध गराउनेको गोपनियता भङ्ग हुन नदिने समेत प्रहरीले सूचनामार्फत स्पष्ट पारेको छ ।