मार्च महिनामा १ लाख बढी पर्यटक नेपाल भित्रिए

चैत्र ३०, २०८१ | काठमाडौं
पर्यटनको लागि मुख्य सिजन मानिने मार्च महिनामा १ लाख २१ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
भारत, श्रीलङका, चीन, जर्मनी, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्डबाट आउने पर्यटकको संख्यामा कमी आएको छ ।
जापान, मलेसिया, म्यानमार, थाइल्याण्ड, क्यानडाबाट आउने पर्यटकको संख्या बढेको बोर्डको तथ्यांक छ ।
त्यस्तै सार्क मुलुकबाट नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् ।
भारतबाट मार्च महिनामा २१ हजार ४ सय १२ जना पर्यटक ,श्रीलंकाबाट ८ हजार ८ सय ८६ जना, बङ्लादेशबाट ३ हजार ५ सय ७६, भुटानबाट १ हजार ७२, र पाकिस्तानबाट ३ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् ।