विनयी खोलामा डाइभर्सन निमार्ण सुरु

चैत्र ३०, २०८१ | काठमाडौं
पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दुम्कीबासमा बगाएको डाइभर्सन मर्मत सुरु भएको छ ।
विनयी खोलामा आएको बाढीले आज बिहान ११ बजे डाइभर्सन बगाएको थियो ।
पानीको सतह घटेकाले दुई वटा स्काभेटर मार्फत डाइभर्सन निमार्ण भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डाइभर्सन निर्माण गर्न कम्तीमा पनि तीन ÷चार घण्टा लाग्ने छ । आज विहान परेको वर्षाले खोला बढेपछि डाइभर्सन बगाउदा यातायात अवरुद्ध भएको हो ।
अत्यावश्यक र साना सवारीसाधनलाई वैकल्पिक मार्गबाट संचालनमा ल्याएपनि माल बहाक र ठुला सवारी साधन भने विहान देखि नै रोकिएको हाम्रा सहकम्रीले जनाएका छन् ।
बुटवल नारायणगढ सडकखण्डको यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।