राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु

जेष्ठ ९, २०८२ | काठमाडौं
राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।
महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने छ ।
महाधिवेशनले ९ जना पदाधिकारीसहित १ सय ५१ सदस्य नयाँ केन्द्रीय समिति चयन गर्ने बताइएको छ ।
महाधिवेशनका लागि देशभरबाट झण्डै २ हजार प्रतिनिधि पोखरा पुगिसकेका छन् ।
संघको अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीको संख्या बढेसँगै पार्टी नेतृत्वले सर्वसम्मत चयन गर्न निर्देशन दिइसकेको छ ।
आंकाक्षी युवा नेताहरुले भने मनोनयन प्रक्रिया सुरु भएपछि मात्रै सर्वसम्मत गर्ने वा चुवानी प्रक्रियामा जाने भन्ने निश्चित हुने बताएका छन् ।
पार्टी नेतृत्वले भने युवासंघका वर्तमान अध्यक्ष क्षितिज थेवेलाई सर्वसम्मत दोहो¥याउने रुचि देखाएको छ ।
बन्दसत्रका क्रममा विवाद, झडपको गतिविधि हुन नदिन नेतृत्वले सजगता अपनाएको छ ।
युवा संघको महाधिवेशनले युवाहरुमा बढ्दो निराशा र विदेश पलायनलाई रोक्नुपर्ने र उद्यमशीलता, रोजगारी र स्वरोजगारीको सुनिश्चिता गर्नुपर्ने अवस्थामा दिशा निर्देश गर्ने जनाएको छ ।
महाधिवेशन तीन दिनसम्म चल्ने छ ।