बैतडीमा भूकम्प गयो

जेष्ठ ९, २०८२ | काठमाडौं
बैतडीको खलङ्गा क्षेत्रमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
गएराती १ बजेर ४८ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्रमा रहेको केन्द्रले जनाएको छ ।
गएराती नै २ बजेर ८ मिनेटमा ३ दशमलव ७ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुदूरपश्चिम विरेन्द्रनगरका प्रमुख चिन्तन तिम्सिनाले जानकारी दिनु भयो ।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको थियो । अन्य साना पराकम्पन पनि गएको तर सो महशुुस नगरिएको बताइएको छ ।
भूकम्पका कारण भौतिक तथा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बलदेव बडुले जानकारी दिनु भयो ।