नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

जेष्ठ ९, २०८२ | काठमाडौं

नवनियुक्त गभर्नर विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

गर्भनरका लागि पौडेलको योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो । अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।

रिट भने दर्ता भइसकेको बताइएको छ । सरकारले गत मंगलवार पौडेललाई गभर्नर नियुक्त गरेको थियो । 


प्रतिक्रिया