जेठ १५ बाट हुने आन्दोलनको सुक्ष्म पर्यवेक्षण गर्न मानवअधिकार आयोगलाई आग्रह

जेष्ठ ९, २०८२ | काठमाडौं

राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको स्वतन्त्र र सुक्ष्म ढंगले पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । 

आयोगको कार्यालय ललितपुर पुगी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालका नेताहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत शक्ति प्रतिवद्ध रहेको बताएका छन् । सुवेदी सहित आयोगमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट पुग्नुभएको थियो ।

 आयोगको ध्यानाकर्षण गराउँदै नेताहरुले राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्त भएका अभिव्यक्तिहरु नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न आग्रह गरेको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो ।   


प्रतिक्रिया