भूमिसम्वन्धी विधेयक संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष

जेष्ठ ९, २०८२ | काठमाडौं
सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभामा अघि बढेको भूमिसम्वन्धी विधेयकका प्रस्तावित केही वूँदामा संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी र दलितको विषय सम्वोधन गर्न तथा जग्गा व्यवसायको सन्दर्भमा प्रस्तावित वूँदामा संसोधन गर्नुपर्नेमा कांग्रेसको अडान छ । सो पार्टीको संसदीय दलको बैठकले भूमिसम्वन्धी विधेयकमा संसोधन गर्नुपर्ने निर्णय गरेको कंग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो । विधेयकमा केही समय भएकाले संसोधन गर्नुपर्ने घिमिरेको भनाइ छ ।
नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानून बमोजिम जग्गा खरिद गर्न सक्ने तर बिक्री वितरण गर्न नसक्ने व्यवस्थालाई समेत संशोधन गर्नुपर्ने बताएको छ ।
सरकारले संसदको चालू अधिवेशनबाटै भूमिसम्वन्धी विधेयक पारित गर्ने तयारी गरिरहँदा सत्तारुढ कांग्रेसले केही वूँदामा संसोधनको आवश्यकता देखेको हो । उता, मधेस केन्द्रीत दलहरुले पनि सो विधेयकमाथि असन्तुष्टी जनाएका छन् ।