आजका मुख्य समाचारः २०८२ जेठ ०९, साँझ ०६ः ३० बजे

जेष्ठ ९, २०८२ | काठमाडौं
सक्रिय राजनीतिमा फर्किने चर्चाका माझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदै, भ्रमण टोलीमा एमालेका नेता समेत सहभागी
भूमिसम्वन्धी विधेयकमा सत्तारुढ नेपाली कंग्रेसको फरक मत, केही प्रावधानमा संशोधन गर्नुपर्ने निष्कर्ष
झन्डै तीन वर्षपछि गठित संक्रमणकालीन न्यायसम्वन्धि दुई वटा आयोगको काम शुरु, द्वन्द्व पीडितको असन्तुष्टीका कारण आयोग प्रभावकारी हुनेमा आशंका
युक्रेनी ड्रोन आक्रमण भएपछि रुसको मस्को विमानस्थलमा उडान अवरुद्ध
र
प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिवल प्रतियोगितामा महिलातर्फ न्यु डायमण्ड र नेपाल पुलिसको विजयी शुरुवात