बाह्ररसिंंङ्घा चितवनमा फेरि देखियो

जेष्ठ १९, २०८२ | चितवन
शुक्लाफाँटाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा छाडेकामध्ये एक बाह्रसिङ्घा लामो समयको अन्तरालपछि फेरि देखा परेको छ । २०७४ बैशाखमा शुक्लाफाँटाबाट ल्याएका सात बाह्रसिङ्घा सोही वर्षको बर्खामा आएको बाढीपछि केही मरेका थिए भने एउटाको अवस्था अज्ञात थियो ।
सरकारले २०७३ को हिउँदमा कोशीबाट अर्ना ल्याएर चितवन निकुञ्जभित्र रहेको पुरानो बस्ती बाहिर सारेपछि खाली भएको पदमपुरमा तारबार गरेर राखेको थियो । सोही तारबारभित्र अर्नासँगै बाह्रसिङ्घा पनि राखिएका थिए । पाँच पोथी र दुई भाले बाह्रसिङ्घा मध्ये दुई पोथी ल्यााउने बित्तिकै मरेका थिए । अन्य चार पनि विभिन्न कारणले मरेका थिए ।
अर्ना रहेको खोरमा बाढी पसेर क्षति पुगेपछि रोग र बाघले आक्रमण गर्दा अर्ना पनि सबै मरेर सकिएका छन् । एउटा बाह्रसिङ्घाको अवस्था एकिन हुन सकेको थिएन । नेचर गाइड उपकार महतोले शनिबार कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाह्रसिङ्घाको तस्बिर खिचेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापाले कुमरोज वन क्षेत्रमा चित्तलको बथानसँगै एउटा पोथी बाह्रसिङ्घा केही समययता देखा परिरहेको बताउनुभयो । ‘चितवनमा पहिला बाह्रासिङ्घा थिएन’, संरक्षण अधिकृत थापाले भन्नुभयो, ‘स्थानान्तरण गरेर ल्याएका मध्ये एउटाको अवस्था अज्ञात थियो । कुमरोज वन क्षेत्रमा देखिने त्यही नै हुनु पर्छ ।’
गत वर्ष पनि अन्य नेचर गाइडहरुले बाहरसिङ्घा देखेको र पछिल्लो समय फेरि नभेटिँदा म¥यो कि भन्ने शंका लागेका बेलामा फेरि देखिनु सुखद भएको तस्बिर खिचेका उपकार महतोले बताउनुभयो ।