वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरियताको नेताको जिम्मेवारी

श्रावण ३०, २०८२ | काठमाडौं

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका वामदेव गौतमलाई तेस्रो वरियताको नेताको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई तेस्रो वरियताको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टीको अध्यक्ष माधव नेपाल, सम्मानित नेताका रुपमा झलनाथ खनाललाई तोकिएपछि गौतमको जिम्मेवारी समेत तोकिएको हो ।

सचिवालय बैठकले गरेका निणयाबारे जानकारी दिँदै सो पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले सो जानकारी दिनुभएको हो । यसैबीच पार्टी अध्यक्ष विरुद्ध दिएको एक अभिव्यक्तिका कारण ओलिचित नेतृ रामकुमारी झाँक्रिले आत्मालोचनाको प्रस्ताव गर्नुभएको प्रचार विभाग प्रमुख ज्वालाले बताउनुभयो ।

एकीकृत समाजवावादी पार्टीले नेताहरु डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी समेत दिएको छ ।    


प्रतिक्रिया