१८ महिनामै बन्यो विद्युत अयोजना

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | इलाम

इलाम नगरपालिकामा निर्मित ७ दशमलव ८ मेगावाटको सुपरमाई हाइड्रोले उत्पादन सुरु गरेको छ । सुम्वेक र बरवोटेमा निर्मित सुपर माई विद्युत आयोजनाले निर्धारित समय भन्दा २ वर्षअघि नै काम पूरा गरेर उत्पादन थालेको हो ।

२०७३ को चैतमा आयोजना निर्माणको काम थालेको थियो । १ अर्ब ५० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजनाले छिटो काम सम्पन्न हुँदा करीब ७ करोड रुपैयाँ कम लागतमा सबै काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

यसअघि दोलखामा १ मेगावाट र दैलेखमा ३ दशमलव ७५ मेगावाट क्षमताका आयोजना सञ्चालन गरेको कम्पनीले माइखोलामा क्यासकेट सञ्चालनको पनि तयारी गरेको छ । यहाँ उत्पादित विद्युट पञ्चकन्या माइ हाइड्रोले उत्पादन गरेको प्रशारण लाइन मार्फत गोदकस्थित सवस्टेशनमा पुर्‍याइएको छ ।

३ हजार २ सय ३५ मिटर लामो र २ दशमलव ३ मिटर ब्यास भएको हेडरेस पाइप मार्फत सम्वेकवाट माईखोलाको पानी ल्याइएको हो ।

विद्युत गृहमा जडित दुई वटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरु घुम्ने छन् । सुपरमाईको उत्पादनसँगै जिल्लाको कुल विद्युत उत्पादन क्षमता ८० मेगावाट पुगेको छ । 


प्रतिक्रिया