अन्तर्राष्ट्रिय व्यापार तथा घरेलु महोत्सव फागुन २३ गते

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

अन्तर्राष्ट्रिय व्यापार तथा घरेलु महोत्सव र तेस्रो प्राङगारिक कृषि मेला यहि फागुन २३ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, अर्ग्यानिक एशोसिएसन नेपाल र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले संयुक्त रुपमा आयोजना गर्न लागेको मेला ५ दिन सम्म चल्नेछ ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगका उत्पादनका साथै प्राङगारिक र प्राकृतिक उत्पादनका २ सय ५० वटा स्टल रहने आयोजकले जनाएको छ । मुलुकको प्राङगारिक तथा प्राकृतिक कृषि उपजको बजारिकरणमा टेवा पुर्‍याउने, उत्पादन र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनिकरण गर्दै सुपथ मूल्यमा उपलब्ध गराउने मेलाको मुख्य उद्देश्य रहेको मेला संयोजक शान्ता बाँस्कोटाले बताउनुभयो ।

मेलामा घरेलु तथा कृषि व्यवसायमा संलग्न उद्यमी, चीन, भारत, पाकिस्तान, बंगलादेश लगायत राष्ट्रका उद्यमीको समेत सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा ५ करोड रुपैयाँ बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।   


प्रतिक्रिया