हात धुन र मास्क लगाउन सिकाउँदै सशस्त्र (फोटोफिचर)

आश्विन २९, २०७७ | कपिलवस्तु

कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि सशस्त्र प्रहरीले सर्वसाधारणलाई हात धुन र मास्क लगाउन सिकाएको छ । विश्व हात धुने दिवसको सन्दर्भ पारेर बिहीबार सशस्त्रको लुम्बिनी प्रदेश बिन्ध्यावासिनी बाहिनी मुख्यालयले कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटा बजारमा सचेतना गराएको हो । 

सशस्त्र निरीक्षक डा. राज्य खड्काले सुरक्षित तरिकाले हात धुने र मास्क लगाउन सिकाउनु भएको थियो । त्यस्तै, कार्यक्रममा सहभागीको ज्वरो नापेर नि:शुल्क मास्क वितरण गरिएको थियो । त्यस्तै, संक्रमणबाट जोगिन सचेतना पम्पलेट पनि वितरण गरिएको थियो ।

बाहिनी प्रमुख नायब महानिरीक्षक किशोर प्रधानले नागरिकलाई थोरै मात्र सचेतना गराउन सकियो भने गाउँघरमा धेरै प्रभाव पर्ने हुँदा अभियान चलाएको बताउनुभयो । यो अभियान लुम्बिनी प्रदेशको तराईका पश्चिम नवलपरासीदेखि बर्दियासम्म ६ जिल्लामा बिहीबार एकै समयमा गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरीको २८ नम्बर गणले सीमाको मर्यादपुर बजारमा हातधुन र मास्क लगाउन सिकाएको थियो । एक हजार बढीलाई नि:शुल्क मास्क पनि वितरण गरेको सशस्त्र उपरीक्षक ध्रुब कार्कीले बताउनुभयो । 


प्रतिक्रिया