भीरबाट लडेर सल्यानमा एक महिलाको मृत्यु

फाल्गुन ६, २०७७ | सल्यान

भीरबाट लडेर सल्यानमा एक जना महिलाको मेत्यु भएको छ । शारदा नगरपालिका–६ कौछेकी ६४ वर्षीया तोली बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो । 

बाख्रा चराउन जंगल गएकी बुढाथोकीको घाँस बोकी घर फर्किने क्रममा बिहीबार दिउँसो भालुखोला भन्ने भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यानका प्रहरी नायब उपरिक्षक गोविन्द थापाका अनुसार उनी भीरबाट १ सय ५० मिटर तल खोचमा खसेकी थिईन ।


प्रतिक्रिया