दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

वैशाख २२, २०७८ | दाङ

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुई जना घाइते भएका छन् । जिप दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१३ बडहराका विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको हो । 

घोराही–मुर्कुटी सडकखण्डको घोराही उपमहानगरपालिका–४ भंगानेमा मंगलबार राति बा १३ च ८०४८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय राजकुमार थापा र तुलसीपुर–१६ का २३ वर्षीय बसन्त भण्डारी घाइते भएका छन् । 

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । रोल्पाबाट घोराही आउँदै गरेको जिप सडकबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटना राति नै भएपनि बिहान जानकारी आएपछि मात्रै घाइतेहरुको उद्धार गरिएको थियो ।


प्रतिक्रिया