सरकारी गाडीमा यौनजन्य क्रियाकलाप गर्ने ३ जना पक्राउ

असार २४, २०७८ | भक्तपुर

सरकारी नम्बर प्लेटको गाडीमा यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा १ महिला र २ जना पुरुष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलस्थित सूर्यविनायकबाट घ्याम्पेडाँडा तर्फ जाने सडक छेउमा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडी भित्र यौनजन्य क्रियाकलाप गरिरहेका पाइएको हो । 

पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली गस्ती गर्न जाने क्रममा मध्यराति सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला र चालक खत्री नग्न अवस्थामा थिए ।

प्रहरीलाई देख्ने बित्तिकै चालक खत्री जङ्गलमा भागेपछि जङ्गलबाटै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चालकका नातेदार कार्की सो गाडी बाहिरैबाट फरार थिए । महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको र फरार कार्की बिहीबार पक्राउ परेका हुन् । 

उनीहरु विरुद्ध सार्वजनिक स्थानमा सरकारी गाडी भित्र यौनजन्य क्रियाकलाप गर्ने महिला, चालक खत्री र कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुरमा सजाय हुने वृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विष्णुहरि फूँयालले बताउनुभयो । 


प्रतिक्रिया