मुगु हिमपहिरो : बेपत्ताको खोजी कार्य जारी

वैशाख २५, २०८० | मुगु

मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परि १ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता भएका छन् । हिमपहिरोमा पुन्न सार्कीको मृत्यु भएको हो । वीरबहादुर बोहोरा र तारासिंह सार्की बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी गर्न बिहान गमगढीबाट हेलिकप्टरमार्फत प्रहरीको २० जनाको टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयकाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

पैदल मार्गबाट सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न करिब ६ दिन लाग्ने भएकोले गृहमन्त्रालयको पहलमा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो । घटनास्थल च्यार्खुलेक समुद्री सतह देखि करिब ४५ सय देखि ५ हजार फिट उचाइमा रहेको र सो ठाउँमा करिब ५ फिट भन्दा बढी हिउा भएकोले उद्धार गर्न कठिनाई भइरहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ ।  


प्रतिक्रिया