मनराम–एसकाज पुरस्कार उदासलाई
मंसिर १४, २०८१ | काठमाडौं
मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) संयुक्तरुपमा प्रत्येक वर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस वर्ष अग्रज पत्रकार ज्ञान उदासलाई प्रदान गरिएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतले ५० हजार राशीको पुरस्कार प्रदान गर्नुभएको हो । संखुवासभा चैनपुर नगरपालिका–६ का ८१ वर्षीय उदास लामो समयदेखि निरन्तर पत्रकारिता तथा साहित्य क्षेत्रमा संलग्न हुनुहुन्छ ।
२०३९ सालदेखि हालसम्म निरन्तर नयाँ खबर–कागज साप्ताहिकको सम्पादक प्रकाशक भएर काम गरिरहेका उदासले संखुवासभामा रहँदा र काठमाडौंमा हुँदा पत्रकारिता र साहित्य मार्फत योगदान पुर्याइरनुभएको छ । उदासले ९ वटा साहित्यिक कृति प्रकाशन गरिसक्नुभएको छ भने ४ वटा कृतिको सम्पादन गर्नुभएको छ ।
समाजसेवा तथा शैक्षिक क्षेत्रमा क्रियाशिल संस्था ‘मनराम फाउण्डेसन’ सँग एसकाजले सहकार्य गरेर ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७३’ स्थापना गरेपछि हालसम्म संखुवासचाका पत्रकारहरू गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य, कृष्णराज शाक्य, नवीन गुरुङ, प्रेमप्रसाद निरौला, मातृकाप्रसाद तिमल्सिना र भोला गौलीलाई वितरण गरिसकिएको छ ।