पुरुष ‘बिच भलिबल’ प्रतियोगिताको उपाधि आर्मीलाई

वैशाख ३०, २०८० | पाल्पा

पाल्पामा आयोजित राष्ट्रिय पुरुष ‘बिच भलिबल’ को उपाधि त्रिभुवन आर्मी क्लब जितेको छ । पाल्पाको रानीमहल प्राङ्गणमा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

आर्मीका दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सेटमा हराएको हो । उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ तथा उपविजेता पुलिस क्लबले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले कर्णाली प्रदेशलाई सोझो सेटमा हराएर तेस्रो भयो । एपीएफले कर्णालीलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराएको हो । एपीएफले तेस्रो हुँ ५० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीका दिल सुनार सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ पाए । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्जय मेमोरियल फाउन्डेसनले पाल्पा भलिबल संघसँगको समन्वयमा आयोजना गरिएको प्रतियोगितामा ९ टोली सहभागी थिए ।


प्रतिक्रिया