एपीएफ सेमिफाइनलमा : केपी ओली कप टी–२० क्रिकेट

मंसिर १०, २०८० | काठमाडौं

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको छ । यो नतिजासँगै विभागीय टिम एपीएफ क्लब समुह बी को शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि एपीएफले लुम्बिनीमाथि जित निकाल्दा, गण्डकीले एपीएफलाई हराएको थियो । 

एपीएफ नेटरनरेटमा अघि रहदै सेमिफाइनल पुगेको हो । पोखरा रंगशालामा आज भएको खेलमा १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ९८ रनमा समेटियो । गण्डकीका सुदिप अर्यालले सर्वाधिक ३५ रन जोड्नु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । लुम्बिनीका मोहमद हुसेनले ४ विकेट लिए ।

 त्यसअघि गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाएको थियो । अर्को खेलमा अहिले नेपाल पुलिस क्लब र मधेश प्रदेशबचि प्रतिस्पर्धा भईरहेको छ । 


प्रतिक्रिया