म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

मंसिर १०, २०८० | काठमाडौं

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीले गएराति घरेलु मैदानइतिहाड स्टेडियममापाहुना टोली लिभरपुलसँग १–१ गोलको बराबरी खेलेको हो । सिटीका लागि खेलको २७ मिनेटमा अर्लिङ हाल्याण्डले गोल गर्दै अग्रता दिलाएका थिए । तर, सिटीले अग्रता जोगाउन नसक्दा लिभरपुलसँग बराबरीमा रोकियो । 

खेलको ८० औं मिनेटमा एलेक्जेन्डर–अर्नोल्ड गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यो बराबरीसँगै शीर्ष स्थानको सिटी दोस्रो स्थानमा झरेको छ भने आर्सनल शीर्ष स्थानमा पुगेको छ। लिभरपुल भने तेस्रो स्थानमा छ । यसअघि लिभरपुल दोस्रो स्थानमा थियो।यो बराबरीपछि सिटी १३ खेलबाट २९ अंक भएको भने समान खेलबाट लिभरपुलको २८ अंक भएको छ ।

यसैबीच, गएरातिको खेलसँगै म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हाल्याण्ड प्रिमियर लिगमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । हालान्डले त्यो कीर्तिमान तोडन मात्र ४८ खेल खेलेका थिए । गएरातिकै अर्को खेलमा १० खेलाडीमा समेटिएको चेल्सीले न्युकासलसँग ४–१ को फराकिलो हार व्यहोरेको छ । 

पहिलो हाफमा एक–एक गोलको बराबरी भएपनि न्युकासलले दोस्रो हाफमा तीन गोल गर्दै जित निश्चित गरेको हो । खेलको ७३ औं मिनेटमा रिस जेम्सले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । गएरातिको खेलसँगै चेल्सी १० औं स्थानमा छ भने न्युकासल छैटौं स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड ११ औं स्थानमा छ ।


प्रतिक्रिया