म्यानचेस्टरसँग एभर्टन पराजित

मंसिर ११, २०८० | काठमाडौं

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई पराजित गरेको छ । गुडिसन पार्क स्टेडियममा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई ३–० गोल अन्तरले हराएको हो । म्यान युनाइटेडका लागि एलेजान्ड्रो गार्नाचो, मार्कस रासफोर्ड र एन्थोनी मार्सलले १–१ गोल गरे ।

एलेजान्ड्रो गार्नाचोले खेलको तेस्रो मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए । रासफोर्ड खेलको ५६ औं मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए । एन्थोनी मार्सलले७५ औं मिनेटमा अर्को गोल गर्दै टोलीको जित दिलाए । यो जितसँगै तालिकाको छैंटौं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको १३ खेलबाट २४ अंक भएको छ । समान खेल खेलेको एभर्टनको ४ अंक सहित तालिकाको १९ औं स्थानमा छ ।

यस्तै, प्रिमियर लिगको अर्को खेलमा टोट्नह्याम हट्स्पर एस्टन भिल्लासँग पराजित भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा टोट्नह्याम पाहुना टोली एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । यो जितसँगै एस्टन भिल्ला १३ खेलमा २८ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । समान खेल खेलेको टोट्नह्याम २६ अंक सहित तालिकाको पाँचौं स्थानमा झरेको छ ।


प्रतिक्रिया