केपी ओली कप क्रिकेटमा मधेशको पहिलो जित

मंसिर ११, २०८० | काठमाडौं

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ । समुह सी अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै मधेश विजयी भएको हो । ५८ रनको लक्ष्य मधेशले ४ ओभर ४ बलमा २ विकेटको क्षतिमा पूरा ग¥यो । मधेशका लागि अनिल शाहले सर्वाधिक २५ रन जोडे । इम्रान शिख १७ तथा पवन सर्राफ १४ रनमा नटआउट रहे ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा अलआउट हुँदै ५८ रन बनाएको थियो । मधेश यसअघि हिजो भएको खेलमा विभागीय टिम नेपाल एपीएफ क्लबसँग पराजित भएको थियो । दुई खेल खेलेको मधेश र एक खेल खेलेको पुलिसको समान २ अंक भएपनि रनरेटका आधारमा पुलिस शीर्ष र मधेश दोस्रो स्थानमा छ ।

यसैबीच, आजै दिउँसो १ बजे हुने अर्को खेलमा समुह डी का मदन भण्डारी स्पोटर््स ऐकेडेमी निलो र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया