एनएसएलमा आज नवप्रवेशी दुई टिम झापा र इलाम भिड्दै

मंसिर ११, २०८० | काठमाडौं
काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा आज नवप्रवेशी दुई टिम झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौैंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । झापाको लागि यो सिजन पहिलो खेल हो । इलाम उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० गोलले पराजित भएको थियो ।
पहिलो सिजन ललितपुर सिटी फुटबल क्लबको कप्तानी गरेका अन्जन विष्ट झापाको मार्की खेलाडी हुन् । झापा एफसीमा अन्जनसँगै राष्ट्रिय टिमका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । इलामको कप्तान तथा मार्की खेलाडीमा गोलकिपर विकेश कुथु छन् । इलाममा विकेशसँगै पूर्वकप्तान विराज महर्जन, भरत खवास, आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् ।