एनएसएल फुटबलमा इलामको पहिलो जित

मंसिर ११, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा स्पोर्टिङ इलाम फुटबल क्लबले पहिलो जित निकालेको छ । काठमाडौैंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले पहिलो जित निकालेको हो ।

इलामको जितमा ८७ औं मिनेटमा अमाथ एनडाले गरेको गोल निर्णयक भयो । त्यस अघि ८४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका उनले रोमाञ्चक जित दिलायएका हुन् । गोल रहित बराबरिमा सकिएको पहिलो हाफपछि ४७ औं मिनेटमा झापाका लागि अञ्जन विष्टले गोल गरे पनि अफसाईड हुँदा गोलको मान्यता पाउन सकेन ।

नवप्रवेशी क्लबको रुपमा सहभागि झापाले हारबाट सिजनको सुरुवात गरेको हो । ईलामले दुई खेलबाट ३ अंक जोडेको छ भने झापा अंक जोड्न असफल भएको छ ।


प्रतिक्रिया