सन्दिप लामिछाने भन्छन्ः अमेरिकाले मलाई भिसा दिएन

जेष्ठ ९, २०८१ | काठमाडौं

लेग स्पिनर सन्दिप लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा दिन अस्विकार गरेको बताएका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेख्दै आफूले भिसा नपाएको बताएका हुन् ।

 अर्को महिना संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान भिसा आवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेले गत साता उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सोही दिन क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

सफाइ पाएसँगै लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको छ । लामिछानेको भिसा प्रक्रियाका लागि सरकारमार्फत पहल गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । टी–२० विश्वकप क्रिकेट खेल्न १६ खेलाडीसहित २३ सदस्सीय टोली गत बैशाख २४ गते नै अमेरिका गइसकेको छ ।  


प्रतिक्रिया