सहाना प्रधान स्मृति यू-१९ भलिबल प्रतियोगिता आजदेखि

प्रतीकात्मक तस्बिर 

असार ९, २०८१ | काठमाडौं

सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आजदेखि सुरु हुँदैछ । सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुन लागेको प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुनेछ । 

ग्रासरुट स्तरदेखि नै भलिबल विकासमा लाग्ने अवधारणा बमोजिम आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेशका महिला तथा पुरुष गरी १४ वटा यू–१९ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ मधेशले लुम्बिनी प्रदेशको सामना गर्नेछ । 

यस्तै, महिलातर्फ मधेशले र बागमती तथा लुम्बिनीले र कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा महिला र पुरुष दुवै टीमलाई दुई समूहमा विभाजन गरिएको छ । 

महिलातर्फ समूह ‘ए’ मा कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह बी मा बागमती, गण्डकी र सुदूरपश्चिम छन् । यस्तै, पुरुषतर्फ समूह ए मा मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम छन् भने समूह बी मा कोशी, गण्डकी र लुम्बिनी छन् । 

प्रतियोगिताको मुख्य प्रायोजकमा सीजी फुड्सको वाईवाई र मिडिया पार्टनरमा कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर म्याक्स टेलिभिजन जोडिएका छन् । 

यही असार १५ गतेसम्म चल्ने प्रतियोगिताको दुबैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक सहाना प्रधान फाउन्डेसनले जनाएको छ । 

सात प्रदेशका महिला तथा पुरुष टिमले भाग लिने प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टेलिभिजनबाट हुनेछ । 


प्रतिक्रिया