पेरिसमा हुने दुई ओलम्पिकमा ८ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित

असार १२, २०८१ | काठमाडौं

आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा ५ महिलासहित ८ खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

पछिल्लो पटक नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेल्ने तय भएको छ । नेपाल ओलम्पिक कमिटीका अनुसार उनलाई वाइल्ड कार्ड प्राप्त भएको हो ।

मनिताले महिला ५७ केजी तौल समूह मुनि नेपालको प्रतिनिधित्व गर्नेछिन्् ।

यसअघि पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीकी डुवाना लामा र एलेक्जेन्डर शाहले खेल्ने तय भएको थियो । यस्तै, फरक क्षमता भएका व्यक्तिले प्रतिस्पर्धा गर्ने पारा ओलम्पिकमा समेत नेपालबाट यो पटक दुई खेलाडी सहभागी हुँदैछन् ।

पारा ओलम्पिकमा नेपालबाट महिलातर्फ तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पुरुषतर्फ भरतसिंह महताले पनि ओलम्पिक खेल्ने छन् ।  


प्रतिक्रिया