सफलतापूर्वक मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

असार १३, २०८१ | काठमाडौं

उत्तर कोरियाले सफलतापूर्वक मिसाइल प्रक्षेपण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले बहुविस्फोटक पद्धार्थ सहितको मिसाइल प्रक्षेपण गरेको हो ।

प्योङयाङले स्वचालित मिसाइल र निर्देशन नियन्त्रण परिक्षण गरेको उत्तरको मिसाइल प्रशासनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

दक्षिण कोरियाले भने सो प्रक्षेपण मिसाइल हावामा नै विस्फोट भएको हुन सक्ने अनुमान गरेको छ ।

दक्षिण कोरियाको संयुक्त सेना प्रमुखका अधिकारीले सो मिसाइल बिहान ५ बजेर ३० मिनेट जाँदा प्योङयाङ नजिकैको क्षेत्रबाट प्रक्षेपण गरिएको र करिब २ सय ५० किलोमिटर उडान गरेपछि पूर्वी सागरमा विस्फोट भएको दाबी गरेका छन् ।  


प्रतिक्रिया