युरो कपमा रोमानियाविरुद्ध बेल्जियमको रोमाञ्चक जित

तस्बिर रोयटर्स 

असार ९, २०८१ | काठमाडौं

बेल्जियमले युरो कप फुटबलमा रोमानियाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । जमर्नीको कोलोन स्टेडियममा गएराति भएको समूह ‘ई’को खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले हराएको हो । 

युरी टिलम्यान्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । दोस्रो हाफमा केभिन डी ब्रुइनले अर्को गोल गर्दै बेल्जियमको सुनिश्चित गरे । ब्रुइनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए । 

यो नतिजासँगै बेल्जियम ३ अंकका साथ समूह ‘ई’को दोस्रो स्थानमा रह्यो । बेल्जियम आफ्नो सुरुवाती खेल स्लोभाकियासँग हारेपछि दबाबमा थियो । 

रोमानिया समान ३ अंकका साथ गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ । 


प्रतिक्रिया