सहाना प्रधान यू–१९ भलिबलः महिलातर्फको उपाधिका लागि लुम्बिनी र बागमती प्रदेश खेल्ने

असार १४, २०८१ | काठमाडौं

काठमाडौंमा जारी सहाना प्रधान यू–१९ भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएका सेमिफाइनल खेलमा बागमतीले कोशी प्रदेश तथा लुम्बिनीले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराए ।

लुम्बिनीले गण्डकीमाथि २७–२५, २५–१२, र २५–२० को सेटमा जित हात पार्यो । बागमतीले कोशीमाथि २५–१८, २५–६ र २५–९ को सेटमा जित निकाल्यो ।

सेमिफाइनलमा हार व्यहोरेका कोशी र गण्डकीले अब तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल भोली हुनेछ । 


प्रतिक्रिया