स्पेन युरोकप फुटबल प्रतियोगिताको अन्तिम आठमा

तस्बिर : रोयटर्स 

असार १७, २०८१ | काठमाडौं

स्पेन युरोकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । जमर्नीको कोलोन स्टेडियममा गएराति भएको खेलमा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

यो हारसँगै जर्जियालाई भने युरो कपबाट बाहिरिएको छ । स्पेनका डिफेन्डर रोबिन ले नोर्मान्डले खेलको १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । 

खेलको ३९ औं मिनेटमा स्पेनका लागि रोड्रीले गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याए । ५१ औं मिनेटमा फेबियन रुइजले अर्को गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । 

खेलको ७५ औं मिनेटमा निको विलियम्स र ८३ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । अब अन्तिम आठको खेलमा स्पेनले आयोजक जर्मनीको सामना गर्नेछ ।

यस्तै, युरो कपको अर्को खेलमा इंग्ल्याण्डले स्लोभाकियालाई पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको छ । गएराति नै भएको खेलमा इंग्ल्याण्डले स्लोभाकियालाई २–१ गोल अन्तरले हराएको हो । 

यो हारसँगै स्लोभाकियाको युरोकप यात्रा समाप्त भएको छ । स्लोभाकियाले खेलको २५ औं मिनेटमा इभान श्रान्जको गोलबाट अग्रता लिएको थियो । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा स्लोभाकिया पराजित हुन पुग्यो । 

ह्यारी केनले ९१ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको पाँचौं मिनेटमा इंग्ल्याण्डका लागि जुड बेलिङ्घले निर्णायक गोल गरे ।

यसैबीच, युरो कप फुटबलको अन्तिम १६ को आज हुने खेलमा फ्रान्सले बेल्जियमको सामना गर्नेछ । जमर्नीको डसेलडोर्फ एरिना स्टेडियममा हुने खेल नेपाल समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । 

अर्को खेलमा पोर्चुगल र स्लोभेनियाबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्कफर्ट एरिनामा हुने पोर्चुगल र स्लोभेनियाबीचको खेल राति पौने एक बजे सुरु हुनेछ ।


प्रतिक्रिया