भेनेजुएला कोपा अमेरिकाको अन्तिम आठमा

तस्बिर : रोयटर्स  

असार १७, २०८१ | काठमाडौं

भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्ससमा आज बिहान भएको रोमाञ्चक खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

भेनेजुएला लिग चरणमा सबै तीन खेल जितेर समूह ‘बी’को विजेताको रुपमा अन्तिम आठमा पुगेको हो । समूहको शीर्ष स्थानमा रहेको भेनेजुएलाको नौ अंक भएको छ । 

भेनेजुएलाको जितमा एडुवार्डो बेलो, सोलोमन रोनडोन र एरिक रामिरेजले गोल गरे । खेलका तीनै गोल दोस्रो हाफमा भएको हो । जमैका भने तीनै खेलमा पराजित हुँदै समूहको पुछारमा रह्यो । यसअघिका दुई खेलमा पराजित भएको जमैका भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै, भेनेजुएलासँगै इक्वेडर पनि समूह ‘बी’बाट कोपा अमेरिकाको अन्तिम आठमा पुगेको छ । आज बिहान भएको खेलमा इक्वेडरले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यो बराबरीसँगै इक्वडेर र मेक्सिकोको समान ४/४ अंक भएको छ । 

समान अंक भएपनि इक्वडेर गोल अन्तरका आधारमा समूहको उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिएको छ । 

अब सेमिफाइनलमा आगामी शुक्रबार अर्जेन्टिनाले इक्वडेरसँग प्रतिस्पधा गर्नेछ भने शनिबार हुने दोस्रो सेमिफाइनलमा भेनेजुएलाले क्यानडाको सामना गर्नेछ ।


प्रतिक्रिया