युरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल हुँदै

असार १५, २०८१ | काठमाडौं

युरो कप फुटबल प्रतियोगितामा नकआउट चरणका खेल आज सुरु हुँदैछ ।

अन्तिम १६ को पहिलो खेलमा स्वीट्जरल्याण्डले डिफेन्डिङ च्याम्पियन इटालीको सामना गर्दैछ ।

बर्लिनमा हुने स्वीट्जरल्याण्ड र इटालीबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

अन्तिम १६ को दोस्रो खेलमा जर्मनीले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।  


प्रतिक्रिया