नेपालले लेबनानमा हुने चार देशीय फुटबल प्रतियोगिता नखेल्ने

असार १५, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय वुमेन्स फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सूचना जारी गर्दैै नेपालले सो प्रतियोगिता नखेल्ने भएको जनाएको हो ।

एन्फाले भनेको छ– “लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय खेलाडी तथा अन्यको सुरुक्षालाई मध्यनजर गर्दै त्यहाँ हुने प्रतियोगितामा भाग नलिने निर्णय गरिएको छ ।”

प्रतियोगिता जुलाई ८ देखि १६ सम्म हुने तय भएको छ । प्रतियोगितामा नेपाल र लेवनानसँगै जोर्डन र बंगलादेशले खेल्ने तयारी भएको थियो ।

बंगलादेशले पनि प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ ।   


प्रतिक्रिया