चर्चित फुटबल अवार्ड बालोन डे’ओरका लागि ५ विधाको मनोनयन सार्वजनिक

भाद्र २०, २०८१ | काठमाडौं

विश्वकै चर्चित फुटबल अवार्ड बालोन डीओरको ५ विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागेजिनले पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

यस पटक विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेका छैनन् । उनीहरु सन् २००३ पछि पहिलो पटक मनोनएनमा नपरेका हुन् । 

मेसीले सर्वाधिक ८ पटक बालोन डीओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् । पुरुष वर्ष खेलाडीतर्फ एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, ह्यारी केन समेत गरि ३० जना मनोनयनमा परेका छन् ।

 यस्तै महिलातर्फ अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत ३० खेलाडी मनोनयनमा परेका छन् । उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा र जियानलुजी डोनारुम्मा समेत गरि १० खेलाडी मनोनयनमा परेका छन् । यसैगरी उत्कृष्ट युवा खेलाडीतर्फ १०, उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ ५ जना महिलातर्फको प्रशिक्षकतर्फ ६ जना मनोनयनमा छन् ।  


प्रतिक्रिया