एनपीएलमा सहभागी हुने टिमको स्वामित्व हस्तान्तरण

भाद्र २०, २०८१ | काठमाडौं

आगामी मंसिरमा हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुने आठ टोलीको स्वामित्व हस्तान्तरण गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रमका बीच लिगमा सहभागी हुने टोलीहरुको विभिन्न कम्पनीलाई स्वामित्व हस्तान्तरण गरेको हो ।

क्यानका अनुसार पोखराको स्वामित्व टि–ट्वान्टी क्रिकेट प्रालीले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा स्वामित्व खरिद गरेको हो । काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन्सले ३ करोड ३३ लाख तथा जनकपुरको स्वामित्व ड्रिम स्पोर्टस प्रालीलले २ करोड ५ लाख रुपैयाँमा पाएको छ ।

लुम्बिनीको स्वामित्व र्फटुना हेल्थ केयरले १ करोड ८६ लाख रुपैयाँमा खरिद गरेको छ भने १ करोड ७७ लाखमा चितवनको स्वामित्व चितवन मेडिकल कलेजले पाउँदा सुदूरपश्चिमको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्टले प्रालीले १ करोड ६८ लाखमा पाएको छ ।

१ करोड ५१ लाख रुपैयाँमा विराटनगरको स्वामित्व एमएडी ड्रिम स्पोर्टसले खरिद गर्दा कर्णाली टिमको स्वामित्व हिमालयन विल्र्डस एण्ड इन्जिनियरर्स प्रालीले १ करोड ११ लाख रुपैयाँमा खरिद गरेको हो । प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।   


प्रतिक्रिया