नेपालले श्रीलंकन डेभलपमेन्ट टीमसँग आज खेल्दै

भाद्र २१, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका विकास बोर्डको क्रिकेट टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकन टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका रद्द भएको थियो ।

नेपालको कप्तानी सोमपाल कामीले सम्हालेक छन् ।नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी सम्हालेका हुन् । 

क्यानडामा भदौ ३१ गतेबाट सुरु हुनेआईसीसी विश्वकप लिग टुको दोस्रो सिरिजको अन्तिम तयारीका लागि राष्ट्रिय टोली गत आइतबार श्रीलंका गएको हो ।

यसअघि नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियाविरुद्ध पहिलो सिरिज खेलेको थियो ।

सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पहार व्यहोरेको थियो । क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा तेस्रो सिरिज खेल्नेछ। आगामी अक्टोबरमा हुने सो सिरिजमा घरेलु टोली, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।


प्रतिक्रिया