एन्फा महिला लिगमा आज दुई खेल हुँदै

भाद्र २१, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा संकटा फुटबल क्लब र रौटहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेल केहीबेरमा सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

संकटा आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदा, चन्द्रपुरले कर्णाली प्रदेशसँग १÷१ गोलको बराबरी खेलेको थियो ।

यस्तै, आजै अपरान्ह सवा ४ बजे हुने अर्को खेलमा विभागिय टोली नेपाल पुलिस क्लव र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

दुवै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । पुलिसले आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग १÷१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । 

यता, सुदूरपश्चिम भने बाग्मती युथ क्लबसँग पराजित भएको थियो । यसअघि हिजो भएको खेलमा कोशी प्रदेशले बाग्मती युथ क्लब तथा वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई हराएको थियो । 


प्रतिक्रिया