महिला लिग फुटबलमा एपीएफको पहिलो जित

भाद्र २२, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । लिगको नयाँ सिजनमा एपीएफको यो पहिलो जित हो । यसअघि एपीएफले लिगको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 

लिगको आफ्नो पहिलो खेलमा आर्मीले भने संकटा क्लबलाई ४–० गोलले हराएको थियो । यसअघि एपीएफ र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको थियो । 

तर, दशरथ रंगशालामा मर्मत सम्भारको कार्य भइरहेकोले सो खेल एन्फा कम्प्लेक्सको मैदानमा गर्नु परेको अखिल नेपाल फुटबल संघले जनाएको छ । 


प्रतिक्रिया